arrow

छपन्न जेन-जी घाइतेले पाए परिचयपत्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
gen-z-id-card.jpg

काठमाडौँ । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । आइतबार तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।

घाइते परिचयपत्र वितरणपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरुलाई परिचयपत्र वितरण गरेका छाैँ,’ रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौँ । आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्यौँ ।’

उनका अनुसार आइतबारमात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । 

यस्तै, अन्य घाइतेले जानकारी गराएअनुसार उनीहरूलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो । 

जेन-जी घाइते कार्ड पाएपछि घाइतेहरूले अन्तरिम सरकारले सोचे अनुसार काम गर्न नसकेको दुःखेसो व्यक्त गरे ।

उनीहरूले देशभर सयौँ घाइतेहरू उपचाररत रहे पनि सरकारले ध्यान नदिएको बताए ।

जेन-जी घाइते कार्ड वितरणमा जेन-जी डाक्टर जगत विकले समन्वय गरिरहेका छन् । उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ