- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत जनकपुरबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानले पत्र पठाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सीके राउतलाई सिरहा पठाउने तयारी भइरहेको पनि धनुषा प्रहरीले जनाएको छ । राउत बिहीबार दिउँसो जनकपुर - ४ वसपार्क नजिकैबाट पक्राउ परेका हुन् । उनलाई पक्रन सिराहबाट प्रहरी टोली नै जनपुर आएको बताइन्छ । यसअघि पनि सीके राउत पटक–पटक पक्राउ परिसकेका छन् ।
सिराहा घर भएका राउत केही समय यता जनकपुरमा डेरा लिएर बस्दै आएका छन् । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गर्दै देश टुक्राउने अभिव्यक्ति दिएपछि पक्राउ पूर्जी जारी भएको थियो । राउतलाई फेरि राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यसअघि, राज्य विप्लवको मुद्दा राउतले विशेष अदालतबाट सफाइ पाएका थिए ।
राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन सक्नेछ ।