काठमाडौँ । नयाँ बानेश्वरमा रहेको वीरेन्द्र सम्मेलन केन्द्रलाई अहिले कबाडखाना बनाइएको छ । संसद भवन रहेको उक्त केन्द्रलाई कबाडखाना बनाइएको हो ।
गत भदौ २३ र २४गतेको जेन–जी आन्दोलनका क्रममा आगलागी र तोडफोडमा परेको संसदमा त्यस्तै पीडामा परेका स्थानहरू सिंहदरबारसँगै काठमाडौँका विभिन्न ठाउँका आगलागीले खटारा बनेका सवारी साधन त्यही संसद भवनमा राखिएसँगै उक्त स्थल कबाडखाना जस्तै भएको हो ।
काठमाडौँका अधिकांश जलेका खटारा गाडी थुपार्ने स्थान त्यही संसद भवन बनेको छ । आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
अहिले संसद भवन प्रयोगयोग्य नरहेसँगै उक्त ठाउँमा जलेका सवारी साधान राखिएको हो ।
प्रतिनिधि सभा भङ्ग भए पनि राष्ट्रिय सभा कायमै छ । तर त्यही कुरुप संसद भवनमा त्यो राष्ट्रिय सभा पनि बस्न सकेको छैन । संसदलाई सरकारले बिजनेश दिने हो ।
अहिलेको अन्तरिम चुनावी सरकार बिजनेश दिने हैसियतमा छैन ।