arrow

जेन-जी प्रदर्शनका क्रममा घाइते भएका ९२ जनालाई भैपरी खर्च दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
genz-anodal-pokhara.jpg

गण्डकी। गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा घाइते भएका कास्कीका ९२ जनाले घाइते परिचयपत्रसहित भैपरी खर्च पाउने भएका छन् ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्की स्थायी ठेगाना भएका घाइतेहरूलाई आइतबारदेखि परिचयपत्र वितरण गरिने भएको हो । 

परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजारका दरले रकम उपलब्ध गराइने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए । 

भैपरी खर्चका लागि प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुन भनिएको छ । 

घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरिएको प्रशासकीय अधिकृत रेग्मीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ