रवि लामिछानेले छुटाएका कृष्णबहादुर महरालाई ओमप्रकाश अर्यालले गरे सुन तस्करीमा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
4.7k
Shares
फाइल तस्बिर
काठमाडौँ । सुन तस्करीका आरोपमा पक्राउ परेर पनि हाजिरी जमानीमा छुटेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । उनलाई चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो ।
महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो ।