arrow

जेन–जी आन्दोलनमा भागेका पाँच हजार दुई सय कैदीबन्दी अझै फर्केनन् [सूचीसहित]

भागेका पाँच सय ३५ भारतीय, १०४ अन्य विदेशीमध्ये धेरैजसो चीनका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
karagar-prison-management.jpg
फाइल तस्बिर

काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाउँदै भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी भागेका ५ हजार २५७ कैदीबन्दी अझै फरार रहेका छन् । 

कारागार व्यवस्थापन विभागका अधिकृत सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५४९ मध्ये मंगलबार साँझ (असोज २८ गते) सम्म ९ हजार २९२ कैदीबन्दी मात्र कारागार फर्केका छन् । 

कारागार र सुधारगृह गरी ३० हजार ६४१ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । जसमा ९६४ जना सुधारगृह तर्फका हुन् । 

अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी सात हजार ७३५ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए । 

त्यस्तै कारागारमा २९ हजार २१९ जना रहेकामा १३ हजार ५८५ जना भागेका थिए । त्यसमध्ये सात हजार ३९४ जनामात्र फिर्ता आएका छन् । 

२८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए । 

कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भएको थियो । जसमा रामेछापमा ३, धादिङमा २ तथा नौबस्ता बाल सुधारका ५ जना हुन् । 

एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको विभागका अधिकृत जोशीले बताए । 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरे पनि अहिलेसम्म ठूलो मात्रामा अपराधीहरू समाजमा घुलमिल भएका छन् ।

अझै फरारमध्ये ४ हजार ६१८ जना नेपाली हुन् । त्यस्तै ५३५ जना भारतीय हुन् । उनीहरू अधिकांश भारतमै गइसकेकोसमेत दाबी गरिएको छ । 

यद्यपि कारागारले भने सीमामा कडाइ गरेका कारण अपराधीहरु धेरै भारत जान नसकेको बताएको छ । तर त्यतिबेला सीमामा को, कहाँबाट आएको भनेरमात्रब सामान्य प्रश्न सोधेर छाडिएको थियो । 

फरार अन्य विदेशमा १०४ जना हुन् । जसमा धेरैजसो चिनियाँ छन् । 

भागेकाहरु जघन्य अपराध, कर्तव्य, जवरजस्ती करणी, लागुऔषध लगायतका पनि रहेकाले जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ