arrow

पोखराका तीन स्थानबाट २० जुवाडे पक्राउ, छ लाख बढी नगद बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
kouda-tash-juwa.jpg

पोखरा । तिहारको समयमा पोखराका विभिन्न स्थानमा जुवा खेलिरहेका २० जना रंगेहात पक्राउ परेका छन् । जसमध्ये पोखराको नयाँबजारबाट पाँच, विजयपुरबाट सात जना, मोहरिया टोलबाट आठ जना छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार तीन वटै जुवा खालबाट छ लाख दुई हजार एक सय पाँच रुपैयाँ नगद बरामद भएको छ । 

नयाँबजारबाट आइतबार दिउँसो तास खेलिरहेको अवस्थामा, विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलबाट सोमबार बिहान कौडा खेलिरहेको अवस्थामा र मोहरियाटोलबाट सोमबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्रा गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ