arrow

छठ पर्व शुरू, आज ‘नहाय खाय’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
chhatti-parba.jpg

काठमाडौँ । आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आजदेखि विधिवत शुरू भएको छ । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ ।

आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । भोलि दोस्रो दिन खरना गरिनेछ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ ।

अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

यसवर्ष छठ पर्वको मुख्य दिन सोमबार देशभर सार्वजनिक बिदा रहेको छ भने त्यस्को भोलिपल्ट पनि मधेस प्रदेश सरकारले प्रदेशभर बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ