arrow

नेपाल-भारतको साझा घाट सजाउने कार्य अन्तिम चरणमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
bigahi-nadi-ghar.jpg

काठमाडौँ । धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ । 

नेपाल-भारत सीमामा बिगही नदीको किनारमा करिव दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका वडा नं ३ को तुलसियाही र भारततर्फबाट मधवापुर र रामपुरका व्रतालुका लागि छठ घाट निर्माण गरिएको हो । 

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठघाट निर्माण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । 

अहिले नेपाल-भारतको यो साझा घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण सरसफाई तथा सजावटमा जुटेका हुन् ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अघ्र्य (अर्घ) दिनेछन् । 

यस घाटमा दुवैतर्फ (नेपाल-भारत)का गरी दुई हजार बढी व्रतालुले अर्घ्य दिने बताइएको छ । यहाँको छठघाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ