arrow

गर्भवतीको मृत्युपछि किस्टमा तनाव [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
kist-hospital-tanab-82-7-10 (7).jpeg

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइतेसमेत भएका छन् ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । 

प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । 

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । 

अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए । प्रहरीलाई भीड नियन्त्रण गर्न समस्या परेको छ । 

मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । 
 

kist-hospital-tanab-82-7-10 (1).jpeg
kist-hospital-tanab-82-7-10 (2).jpeg
kist-hospital-tanab-82-7-10 (3).jpeg
kist-hospital-tanab-82-7-10 (4).jpeg
kist-hospital-tanab-82-7-10 (5).jpeg
kist-hospital-tanab-82-7-10 (6).jpeg
kist-hospital-tanab-82-7-10 (7).jpeg
kist-hospital-tanab-82-7-10 (8).jpeg
kist-hospital-tanab-82-7-10 (9).jpeg
kist-hospital-tanab-82-7-10 (10).jpeg
kist-hospital-tanab-82-7-10 (11).jpeg
kist-hospital-tanab-82-7-10 (12).jpeg
kist-hospital-tanab-82-7-10 (13).jpeg
kist-hospital-tanab-82-7-10 (14).jpeg
kist-hospital-tanab-82-7-10 (15).jpeg
kist-hospital-tanab-82-7-10 (16).jpeg
kist-hospital-tanab-82-7-10 (17).jpeg
kist-hospital-tanab-82-7-10 (18).jpeg
kist-hospital-tanab-82-7-10 (19).jpeg
kist-hospital-tanab-82-7-10 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ