arrow

अपराध र हिंसामा संलग्नलाई कारबाही गर्नुपर्छः महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
shankar-pokhrel-06-28.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप-प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्न आग्रह गरेका छन् । 

उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए । 

गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँगसमेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए । 

उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत समाजमा फैलिएका आरोप-प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंशमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् । राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ । देश जलिरहेका बेला आरोप-प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ