arrow

अझै शुरू भएन एकीकृत समाजवादीको पार्टी कार्यालय पुननिर्माण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
nekapa-yes-party-office.jpg

काठमाडौँ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यालय आन्दोलनकारीको मुख्य निशानामा परे ।

आन्दोलनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरे ।

आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले भवन जीर्ण बनेका छन् । हाल क्षतिग्रस्त पार्टी कार्यालयमा राजनीतिक दलहरूले सरसफाई गरेर आफ्ना नियमित काम गर्न थालेका छन् । 

नेकपा एमाले र माओवादी केन्द्रले पार्टीको पुनर्निर्माणको कामसमेत थालनी गरिसकेको छ । राजनीतिक दलहरूले हाल भवन सुरक्षा तथा इन्जिनियरिङ मूल्याङ्कन, डिजिटल र प्रशासनिक डाटाको पुनःसंरचना, आकस्मिक रूपमा उपलब्ध स्रोतबाट कार्यालय सञ्चालन निरन्तर राख्ने, स्थायी पुनर्निर्माणका लागि योजना र स्रोत व्यवस्थापनका कार्यलाई प्राथामिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले कार्यलयमा भएका सबै समान लुटपाट भएको बताए । उनका अनुसार दुई कोठामा तोडफोड र आगो लगाइएको छ भने ल्यापटप, कम्प्युटर, कुर्सी–पंखा सबै लुटिएको छ । 

पार्टीका आवश्यक कागजात जलेर नष्ट भएका छन् । उनले प्रारम्भिक मूल्याङ्कन गर्दा करिब एक करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनले हाल सहयोगी दातासँग चन्दा संकलन गरी कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘हामी अहिले पार्टीलाई जेनतेन यसो भएका पुराना समान जोडजाड गरेर, साथीभाइसँग भएका सामान जोडजाड गरेर चलाइरहेका छौँ, अहिले हामीले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ । मर्मत सम्भार शुरू भएको छैन । अहिले हामीले भएका चिजलाई जोडेर मात्रै चलाइरहेका छौँ । अब यो सबै समाल्न र हाम्रो क्षति नै हेर्दा अस्ति सामान्य मूल्याङ्कन गर्दाखेरि झण्डै एक करोड २५ लाख बराबरको सामान लुटेर लगेको र क्षति भएको देखिन्छ ।’

उनले कार्यालय भाडाको घरमा रहेकोले घरको मर्मत सम्भार गर्ने जिम्मेवारी पनि पार्टीको नै रहेको बताए ।

एकीकृत समाजवादी पार्टी राजावादीको आन्दोलनका क्रममा पनि क्षति भएको थियो ।

राजावादीको आन्दोलनका क्रममा क्षति भएको घर मर्मत गर्न २४ लाख रुपैयाँ लागेको उनले जानकारी दिए ।

हाल त्यो भन्दा बढी क्षति भएकोले मर्मत लागत बढ्ने उनको भनाइ छ ।

राजनीतिक दलले आफ्ना पार्टी कार्यालयको पुनर्निर्माण आफै गर्न थालेका छन् ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव भट्टराईले पुननिर्माणको काम क्षति विवरण संकलन गरेर सरकारले गर्नुपर्ने भए पनि हालसम्म त्यसो हुन नसकेको बताउछन् ।

सहयोगी तथा दातासँग चन्दा संकलन गरेर दलहरूले कार्यालय पुनर्निर्माण तथा सञ्चालन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ