arrow

विद्युतमा भएको करोडाैं घोटालाको छानविन माग

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ माघ २३ आइतबार
bhajhang-news-bidut-ghotal.jpeg

बझाङ । साना जल विद्युत् आयोजनाको मर्मतका लागि जाईकाबाट भएको करोडौं खर्चको छानविन गर्न माग राख्दै बझाङका स्थानीय आन्दोलित भएका छन् । दुई सय किलोवाट् क्षमताको पावर हाउस मर्मतका लागि जाईका नामको संस्थाले ८५ करोड खर्च गरे पनि विद्युतको समस्या सुधार नभएको भन्दै स्थानीले छानविन गर्न माग गरेका हुन् ।

सदरमुकाम चैनपुरका व्यापारी र स्थानीयले आइतबार विद्युत मर्मतका नाममा भएको करोडौं खर्चको छानविन गर, जनतालाई विद्युतको समस्याबाट मुक्त गर, जाईका र विद्युत प्रधिकरणले गरेको भ्रष्टाचारको छानविन गर भन्दै जुलुस निकालेर जिल्ला प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाए ।  

स्थानीयले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र बुझाउँदै जाईकाले विद्युत मर्मतका लागि गरेको करोडाैं खर्चबारे छानविन गरी दोष्ीालाई कारबाही गर्न माग गरे । २०७२ मा जाईकाले दौलीचौर गाविसको बझाङ डोगडी साना जल विद्युत आयोजना मर्मत भनेर बाँध र पावर हाउस मर्मतको काम गरेको थियो ।

पुराना मेसिनहरु निकालेर नयाँ मेसिन राख्नु पर्ने भएपनि निर्माण कम्पनीले पुरानैमा रंग रोगन लगाएको बताइँदै छ । बाँधसमेत सामान्य मर्मत गरी आयोजनाको मर्मत गर्नु पर्ने सबै काम  नभएको भन्दै मर्मतका नामा करोडौंको भ्रष्टाचार भएको संघर्ष समितिका अगुवा ओमजंग बहादुर सिंहले जानकारी दिए ।
 
स्थानीयले विद्युत आयोजनाबाट विद्युतको समस्या समाधान नहुने भए बन्द नै गरिदिने  चेतावनी समेत दिएका छन् । जाईकाको आर्थिक सहयोगमा जापानकै मारुसिन सिताका नामक कम्पनीले काम गरेको थियो । ८५ करोड रकमबाट अर्को आयोजना निर्माण हुन सक्छ भनेर स्थानीयहरुले पटक–पटक दबाब तथा संघर्ष गर्दै आएपनि विद्युत प्राधिकरण र ठेकेदार  कम्पनीले स्थानीयको मागको बेवास्ता गर्दै मर्मतको काम गरेको बताइएको छ ।  

आयोजना मर्मतका लागि जाईकाबाट भएको करोडौं रुपैया नेपाल सरकारका मन्त्री, विद्युत प्राधिकरण, स्थानीय राजनीतिक दल, निर्माण कम्पनी सहितको मिलोमतोमा कमिसनको खेल भएको र  गुणस्तरीय काम नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ