arrow

नेपाल वायुसेवाले अब बोइङ नउडाउने, दुईटा बोइङ हटाउने

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
nepal-airline-aa.jpeg

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुई वटा बोइङ लिलाम गर्ने भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले पत्रकार सम्मेलनमा भने, ‘नेपाल वायुसेवाका दुई बोइङ लिलाम गर्ने प्रक्रिया  अघि बढाइएको छ ।’ दुई वटा बोइङमध्ये सुरुमा निगमसँग अहिले रहेको बोइङ– सेभेन फिफ्टीसेभेन (७५७) एक हप्ताभित्रै लिलाम प्रक्रियामा जानेछ ।

३० वर्ष बढी समय चलेका बोइङलाई निगमले हटाउन लागेको महाप्रबन्धक कंशाकारले बताए । अब वायुसेवा निगमले वाइडबडीबाट मात्रै सेवा दिने तयारी अघि बढाएको छ । कंशाकारले भनेका छन् । ‘लिलाम हुन लागेको दुवै बोइङ उडाएर नै लैजान सकिने स्थितिमा छन् ।’ केही दिनअघि मात्रै निगमले चीनबाट दुई वटा साना विमान भित्र्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ