घलेगाउँ छिर्ने पर्यटकलाई आचारसंहिता

प्रकाशित मिति : २०७३ माघ २४ सोमबार

लमजुङ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ ।

पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा माग गर्न पाउँदैनन् । स्थानीयवासीको क्षमताभन्दा बाहिरको कुनै पनि चिज लेनदेन गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । बाल दुव्र्यव्यवहार, बाल तथा महिला बेचबिखन, यौनजन्य दुव्र्यवहार, लागुऔषध सेवन लगायतका क्रियाकलाप निषेध गरिएको छ । पर्यटकले स्थानीय समुदायमा कुनै असर गर्ने क्रियाकलाप गर्न नपाउने कुरा उल्लेख छ ।

स्थानीय कला, संस्कृति र सस्कारका साथै स्थानीय पर्यावरणमा असरपुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ, भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ । रासस

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ