arrow

३६ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन हुँदै

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
pressmeet.jpeg
 काठमाडौं ।  नेपाल व्यवस्थापन संघको ३६ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा वार्षिक साधारणसभा यही माघ २८ गते शुक्रबार हुने भएको छ ।  सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ । 
 
उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र  प्रस्तुत गर्नेछन् । त्यसै सत्रमा प्रा.डा. सतिशकुमार ओझाबाट मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र ब्यवस्थापन सहितका विविध बिषयलाई समेटिएको अनुसन्धानमा आधारित नेपाल व्यवस्थापन संघको प्रकाशन “सन् २०१६ को व्यवस्थापन बिकास परिदृष्य” बारेमा प्रस्तुति दिनेछन् । 
 
त्यस्तै प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा विशेष समारोहको आयोजना गरिनेछ । सो विशेष समारोहमा विगत एक बर्षमा नेपालको व्यवस्थापन क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक पुरुष र एक महिला व्यवस्थापकको घोषणा गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ