मर्यादित महिनावारीको मुद्धा सिंगो देशको हो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
800
Shares
काठमाडौँ । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावको मुद्दालाई समितिको मुद्दाको रुपमा मात्र नभई सिंगो देशको मुद्दाको रुपमा हेर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित ‘मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव’ को कार्यान्वयन अवस्थाबारे विशेष छलफलमा उनले समितिले मात्र उठाउने भन्दा पनि जनतावाद्को रुपमा नै सो मुद्दा उठाउनसके मात्र सफल हुने बताए ।
उनले भने, ‘यो मुद्दा राष्ट्रिय सभाको मात्र हो भनेर पनि हेरिन्छ । यो त देशको मुद्दा हो । सबैले सरोकार राख्नुपर्छ र अगाडि पनि बढाउनुपर्छ । यो मुद्दा समितिले मात्र उठाउने भन्दा पनि जनतावादको रुपमा नै उठाउनुपर्छ अनि मात्र सफल हुन्छ ।’
उनले मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावको कानूनी बाध्यता सरकारलाई नभएको बताउँदै सरकारको नैतिक आचरण छ भने स्वीकार गर्ने नत्र नगर्ने आचरण रहेको बताए ।
छलफलमा राष्ट्रियसभाका समितिहरूका सभापति, राष्ट्रियसभा सदस्यहरू, विज्ञहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका अग्रणी व्यक्तिहरूको सहभागी थिए ।