लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
456
Shares
काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलको १५औँ वार्षिक साधारण सभा भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।
सभाले आषाढ मसान्त २०८२ अनुसार प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरणयोग्य आम्दानीको १७.८३ प्रतिशतमध्ये १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड (करसहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै आगामी आव २०८२/०८३ को लेखापरीक्षण कार्यका लागि हालका लेखापरीक्षक एनबीएसएम एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक शेयर निष्काशनसँग सम्बन्धित मर्चेण्ट बैंकिङ्ग र सामूहिक लगानी कोष सञ्चालनको शुरूआत गरेको थियो । विगत तीन दशकदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ ।