arrow

फोनबाट गुनासो टिपाउँदै महिला र बालबालिका

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
hello.jpeg
रोल्पा । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल) मा विभिन्न खालका गुनासा आउने गरेका छन् । 
 
नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् । 
 
पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत विगत तीन वर्षदेखि लागू भएको यस संयन्त्रमार्फत जम्मा एकसय १५ वटा गुनासा तथा पृष्ठपोषण आएका छन् । 
 
समयमा किसानले तरकारीको बीउ नपाएको, शिक्षक विद्यालय आउँदा मादकपदार्थ सेवन गरी आएको, श्रीमान कुटपिट गर्ने गरेको, आमा समूहबाट निकालिएको, समयमा पुस्तक नपाएको जस्ता गुनासा आएको हुरेक रोल्पाका मिल कार्यक्रम संयोजक धरेन्द्र डाँगीले जानकारी दिए । 
 
कार्यक्रमको गुणस्तर, पारदर्शिता र जवाफदेहिताका लागि लाभान्वित समुदायबाट आएका गुनासालाई विभिन्न ६ श्रेणीमा अभिलेखीकरण गरिएको र गुनासोको प्रकृति हेरी निश्चित अवधिभित्र समाधान गरिँदै आएको डाँगीले जानकारी दिए । 
 
हालसम्म ३८ महिला र ३७ बालबालिकाले गुनासो गरेको बताइएको छ । प्राप्त गुनासामध्ये १२ वटा गुुनासा सम्बन्धित निकायमा पठाइएको छ । 
 
रिफर गरिएका गुनासा सम्बन्धित कार्यालयसँगको समन्वयमा समाधानसमेत गरिएको हुरेक रोल्पाले वताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ