२०४७ सालको संविधान कार्यान्वयनको मागसहित प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
849
Shares
काठमाडौँ। आइतबार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरूले संविधान कार्यान्वयनको मुख्य मागका अतिरिक्त विभिन्न विषयहरूमा जोड दिएका छन्। उनीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, रोजगारीको ग्यारेन्टी गर्न, र २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न माग गरेका छन्।
त्यस्तै, प्रदर्शनकारीहरूले २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न, प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, तथा संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी हिन्दु राज्यको स्थापना गर्न समेत माग राखेका छन्।