arrow

एकीकृत समाजवादी अभियान र नेकपा संयुक्तबीच एकता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
ghanashtam-bhushal-11-08.jpg

काठमाडौँ । आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । बिहीबार एकीकृत समाजवादी पुनःर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । 

एकीकृत समाजवादी पुनःर्गठन अभियानका संयोजक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेता कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केही पनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्नुपर्नेछ । त्यस अर्थमा हामी जायज सन्तान हौ । आजको संविधान, लोकतन्त्रप्रति गौरव छ । कुनै हिच्किचाउनुपर्ने काम गरेको छैन ।’

उनले नयाँ क्रान्तिको युगमा प्रवेश गरेको कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक बुझ्न नसकेको बताए । 

उनले भने, ‘सामान्तवाद ढलिसकेपछि राजतन्त्र उन्मूलन भइसकेपछि नयाँ क्रान्तिको युगमा प्रवेश गरेका थियौँ । नयाँ चरण शुरूआत भएको थियो। अब हाम्रा लागि समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक, समाजवादी संगठन यसका सिद्धान्तहरू चाहिएको हो । दुर्भाग्यवश हाम्रो नेतृत्वले त्यो कुरा बुझ्न सकेन । अरु पार्टी जस्तै पुँजीवादीसँग उठबस गर्न थाल्यो ।’

नेता भुसालले एकीकृत समाजवादी एमालेबाट विभाजन भएर कांग्रेस र माओवादीका पछि अल्मलिएर बसेको आरोप लगाए ।   

पार्टी घोषणामा चुनाव चिन्ह हँसिया रहने र दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

मार्क्सवाद-लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अघि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण-दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ