arrow

विश्व एड्स दिवस

एचआईभी संक्रमितको संख्या ३४ नाघ्यो, नयाँ संक्रमण ७६ प्रतिशतले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
servesh-sharma.jpg

काठमाडौँ। नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३४ हजार ३ सय ३७ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी गराएका छन्। यो जानकारी आइतबार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले दिएका हुन्।

डा. शर्माका अनुसार, कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्। त्यस्तै, १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआईभी संक्रमण छ भने सोही उमेर समूहका पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको छ। एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिकाहरू रहेका छन्, र गत एक वर्षमा आमालाई एचआईभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरू संक्रमित फेला परेका छन्।

उनले भने, "सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ। सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भइरहेको छ।" डा. शर्माले ८८ प्रतिशत संक्रमितहरू औषधिको सेवन गरिरहेको र ७६ प्रतिशतले भाइरल लोड परीक्षण गराइरहेको जानकारी पनि दिए। उनले आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ