arrow

विज्ञानको उपलब्धि

रगतमा पाइने ब्याक्टेरियाबाट नयाँ 'एन्टि-एजिङ' यौगिक लाग्यो पत्ता 

भविष्यमा छाला पुनर्जागरण उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
skin-anti-oxit.jpg

काठमाडौं। वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन्। यी यौगिकहरूले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखाएका छन्।

प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन , अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन्। खोजिएका १२ इन्डोल यौगिकमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका—सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन्। वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित्रै रहेका एक विशेष रक्त–ब्याक्टेरियाबाट उत्पादन हुन्छन्, जसले छालामा हुने क्षति र सूजन दुवै घटाउने क्षमता राख्छन्।

यो अध्ययन अमेरिकन केमिकल सोसाइटी र अमेरिकन सोसाइटी अफ फार्माकोग्नोसीद्वारा प्रकाशित जर्नल अफ नेचुरल प्रोडक्ट्स मा प्रकाशित गरिएको हो। सन् २०१५ मा वैज्ञानिकहरूले पाराकोकस सान्जुइनीस नामक रगतमा पाइने ब्याक्टेरिया पत्ता लगाएका थिए, जसले यिनै इन्डोल यौगिकहरू उत्पादन गर्छ। यसपटक अनुसन्धानकर्ता चुङ सब किम, सुल्लिम ली तथा उनीहरूको टोलीले यही ब्याक्टेरियाले उत्पादन गर्ने यौगिकहरूको थप अध्ययन गरेका थिए।

टोलीले पाराकोकस सान्जुइनीसलाई तीन दिनसम्म कल्चर गरेर त्यसले उत्पादन गरेका मेटाबोलाइटहरूको मिश्रण सङ्कलन गर्‍यो। स्पेक्ट्रोमेट्री, आइसोटोप लेबलिङ तथा कम्प्युटेशनल प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरूले १२ फरक–फरक इन्डोल यौगिक पहिचान गरे, जस मध्ये ६ पहिलोपटक वैज्ञानिक अभिलेखमा दर्ता भएका हुन्। यी यौगिकहरू छालामा हुने बुढ्यौली प्रक्रियामा कस्तो प्रभाव पार्छन् भन्ने बुझ्न वैज्ञानिकहरूले यी इन्डोलहरूलाई मानव छाला कोषमा हालेर परीक्षण गरे। १२ मध्ये तीन यौगिकले रिएक्टिभ अक्सिजन स्पिसिज (जसले सूजन र कलेजेन क्षति बढाउँछ) लाई घटाए, र सूजनसँग सम्बन्धित दुई प्रोटिनका स्तर तथा कलेजेन विघटनमा संलग्न प्रोटिन पनि कम गरे।

अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक परिणाम निकै उत्साहजनक छन्। यी नयाँ पहिचान गरिएका इन्डोल यौगिकहरू भविष्यमा बुढ्यौलीका असरहरू घटाउने स्किन–केयर उपचार विकासको आधार बन्न सक्ने सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ