काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गरेकी छन्।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारभित्र ठूलो आगजनी, तोडफोड र लुटपाट भएको थियो। यस क्रममा प्रधानमन्त्री कार्यालयसहित, अर्थ र स्वास्थ्य मन्त्रालयहरूमा क्षति पुगेको थियो।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा भएको वस्तुस्थितिबारे अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका थिए।