arrow

आलोचना नै ओलीको राजनीति : भन्छन् - जेनजी सम्झौता कलाविहीन भद्दा नाटक [भिडियो]

संसद पुनःस्थापनाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
oli-08-25-.jpg

काठमाडौँ। आलोचनालाई नै आफ्नो राजनीतिको केन्द्रबिन्दु बनाउने गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सरकार र 'जेन–जी' समूहबीच भएको सम्झौतालाई 'कलाबिहीन भद्दा नाटक' भएको कडा टिप्पणी गरेका छन्।

बिहीबार राजधानी काठमाडौँमा सम्पादकहरूसँगको संवादमा ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए। उनले सरकारको वैधानिकतामाथि प्रश्न गर्दै भने, "यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो?"

ओलीले सरकार र जेन–जीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको विषयलाई जोड्दै भने, "गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि। त्यहीँ अस्वीकार भयो नि। त्यहीँ च्यातिदियो नि। त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो।"

यसै क्रममा, अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापना नै अन्तिम विकल्प भएको बताएका छन्। उनले आफ्नो पालामा भएको विद्यार्थीहरूको मृत्युको जिम्मेवारी नलिने गरेको भन्दै आलोचनालाई नै राजनीति बनाउने गरेको टिप्पणी पनि आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ