arrow

फागुन २१ को चुनाव सुनिश्चित गर्न सरकार दलहरुसँग छलफलमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
government-parties-82-9-7qq (3).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुनिश्चित गर्न सरकारले दलहरुसँग छलफल गरेको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको छलफलमा निर्वाचनबारे वृहत छलफल भएको छ । 

निर्वाचनको मिति नजिकिइरहेका बेलामा चुनावको सुनिश्चितता नहुँदा दलहरुले सुनिश्चित गर्न आग्रह गरिरहेका छन् भने केही दिलले शंकाको रोटी सेकाइरहेका छन् । 

उक्त बैठकमा शीर्ष दलका दोस्रो तहका नेताहरु सहभागी छन् । अन्तरिम सरकारले चुनावी मिति घोषणा गरिसकेको भए तापनि राजनीतिक वृत्तमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा आशङ्काहरू उब्जिरहेका बेला यस बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

विशेषगरी प्रमुख राजनीतिक दलहरूले सरकार निर्वाचन गराउने जिम्मेवारीबाट पन्छिन खोजेको र तयारीमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन् । दलहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला आजको बैठकमा सरकारको मनसाय र आयोगको वास्तविक तयारीबारे गम्भीर मन्थन हुनेछ।

बैठकमा आयोगले हालसम्म गरेका तयारीहरूको प्रगति विवरण प्रस्तुत गर्नुका साथै मुलुकको विद्यमान सुरक्षा चुनौती र आवश्यक कानुनहरूको संशोधनबारे पनि समीक्षा गर्ने कार्यक्रम रहेको छ।

यसका साथै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र त्यसका लागि आवश्यक पर्ने व्यवस्थापकीय पक्षबारे पनि विस्तृत छलफल हुने बताइएको छ। सरकार र राजनीतिक दलबीच बढ्दो अविश्वासलाई चिर्दै निर्वाचनको वातावरण सुनिश्चित गर्न यो सर्वपक्षीय छलफलले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगले दलहरूको सुझाव र सरकारको प्रतिबद्धताका आधारमा आफ्ना आगामी कदमहरू चाल्ने रणनीति बनाएको छ।

government-parties-82-9-7qq (5).jpg
government-parties-82-9-7qq (6).jpg
government-parties-82-9-7qq (7).jpg
government-parties-82-9-7qq (8).jpg
government-parties-82-9-7qq (9).jpg
government-parties-82-9-7qq (10).jpg
government-parties-82-9-7qq (11).jpg
government-parties-82-9-7qq (1).jpg
government-parties-82-9-7qq (2).jpg
government-parties-82-9-7qq (3).jpg
government-parties-82-9-7qq (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ