- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अनुसन्धान विभागको असई बनाईदिन्छु भनि ठगी गर्ने व्यक्ती एक प्रहरीको फन्दामा परेका छन् । कञ्चनपुर झलारी पिपलाडी –५का दिपेन्द्र कार्कीसहितका व्यक्तिलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक असईमा जागिर लगाईदिन्छु भन्दै प्रति व्यक्ति २ देखि ७ लाख सम्म असुल्ने प्रेम पुरी प्रहरीको फन्दामा परेका हुन् ।
मोरङ, बेलबारी–४ घर भएका २७ वर्षीय प्रेम किर्तिपुर बस्दै आएका प्रहरीको अपराध महाशाखाले जनाएको छ । प्रेमले पीडितलाई असईको नियुक्ति पत्र दिन्छु भनेको र नियुक्ति पत्र नपाएपछि प्रेमलाई कारबाहीको माग गरी अपराध महाशाखामा २ जना पीडित तथा आफन्तले निवेन दिएपछि फागुन १ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ठगिमा संलग्न प्रेमलाई महानगरीय प्रहरी परिसर, टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ । अनुसन्धानबाट अरुलाई प्रलोभनमा पार्न जिल्ला विकास समितिको कार्यालय राजविराज, सप्तरी बाट जारी भएको आफ्नो गाविस सचिव पदको नक्कली स्थायी नियुक्तिको पत्र दिदै हिँडेको र पीडितसँग आईएमईबाट पैसा लिने गरेको खुलेको छ ।