arrow

बाँकेमा थपियो २० मतदान केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
election-commision-09-13.jpg

बाँके । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २० ओटा नयाँ मतदान केन्द्र कायम भएका छन् ।

यसअघि तीन सय ८० मतदान केन्द्र कायम भएकामा नयाँ २० मतदान केन्द्र थप भएपछि मतदान केन्द्र चार सय पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जिल्लामा कूल तीन लाख ४९ हजार ८४ जना मतदाता कायम भएको जानकारी दिँदै त्यसमध्ये १५ हजार एक सय ५० नयाँ मतदाता रहेका बताए ।

उनका अनुसार जिल्लामा एक सय ३९ मतदानस्थल छन् । तीमध्ये एउटा मतदानस्थल नयाँ छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा मतदाता नामावलीमा दोहोरोरिएको नाम हटाएपछि नयाँ मतदाताको सङ्ख्या केही घटेको उल्लेख गर्दै अस्थायी मतदातको नामावली सङ्कलनलाई तीव्र बनाइएको बताए ।

छ हजारको हाराहारीमा बाँकेमा अस्थायी मतदाता रहेको अनुमान गरिएको छ। बाँकेमा तीन निर्वाचन क्षेत्र छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ