arrow

नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घटनाले मुलुक नयाँ मोडमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
supreme-court-on-fire-gen-z-sept09-2025.jpg

काठमाडौँ । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरू एमाले र कांग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको राजनीतिमा उतलपुथल ल्यायो ।

जेन-जी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजनीतिक दलहरू, युवा शक्ति, र सामाजिक आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा फरक ढंगले परिभाषितसमेत गरेको छ ।

यस वर्षको शुरूवातमै राजनीतिक दलहरूबीच गठबन्धन र विवादको परिस्थितिले देशभरि चर्चा पाउनुकासाथै जनतामा विभिन्न प्रकारका आक्रोस र असन्तुष्टिसमेत पैदा भयो । जसको फलस्वरुप जेन-जी आन्दोलनको उत्पति भयो । जसले पूराना नेतृत्व दलहरूलाई चुनौती समेत दिएको छ ।

सामाजिक आन्दोलनको दृष्टिले पनि ०२५ वर्ष महत्वपूर्ण रह्यो । विभिन्न क्षेत्रीय, आर्थिक, र सामाजिक मुद्दाहरूमा नागरिकहरू सडकमा आए, जसले सरकार र राजनीतिक दलहरूलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्यो । यो वर्षमा महिलाहरू र सामाजिक वर्गका प्रतिनिधिहरूले नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो स्थान बलियो बनाउन कदम चाले ।

राजनीतिक उल्लासका पक्षहरूमा चुनावी प्रतिस्पर्धा, नयाँ राजनीतिक विचारधारा, र सुधारमुखी एजेण्डाहरूलाई प्राथमिकता दिइयो भने चुनौतीहरूमा भ्रष्टाचार, नीति निर्माणमा ढिलाइ र राजनीतिक अस्थिरता प्रमुख रहे ।

यसैगरी ०२५ ले नेपाललाई भविष्यका लागि सुदृढ लोकतान्त्रिक संरचना निर्माण गर्ने अवसर र चेतावनी दुवै प्रदान गरेको गरेको छ । वितेको एक वर्ष प्रारम्भमा केही सकारात्मक सन्देश पैदा भए पनि वर्षको मध्यतिर आइपुग्दा अस्थिरताले गाँज्न पुग्यो ।

गठबन्धन सरकार

यस वर्षको शुरूमै प्रधानमन्त्री केपीशर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका थिए । एमाले र नेपाली कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले राष्ट्रवादी विचारलाई स्थापित गरे पनि निरंकुश रुपमा सत्ता चलाउँदा देशमा विध्वंश मच्चियो ।

राजावादी आन्दोलन

गत चैत्र १५ गते राजतन्त्र पुन:स्थापना र हिन्दू राष्ट्रको माग राख्दै तीनकुनेमा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारी, सुरक्षाकर्मीबीच झडप भएको थियो । जसमा पत्रकार सुरेश रजतले आफ्नो ज्यान गुमाए । रवीन्द्र मिश्र, धवलशम्सेर जवरा, दुर्गा प्रसाईंलगायतका नेता एवं अभियन्ता पक्राउ परे ।

शिक्षक आन्दोलन

यसै बर्ष देशभरका शिक्षकहरू काठमाडौं जम्मा भएर बृहत आन्दोलन गरे । नेपाल शिक्षक महासंघलगायतको अगुवाइमा भएको आन्दोलनले हप्तौंसम्म काठमाडौँका सडक अस्तव्यस्त रहे ।

सरकारले ल्याएको शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले रोजगार सुरक्षा, सुविधा र अधिकारका लागि व्यापक आन्दोलन शुरू गरेका थिए । काठमाडौँमा लामो समयसम्म प्रदर्शन, श्रेणी १२ परीक्षा स्थगन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा जस्ता घटनाहरू भए।

इतिहासमै सबभन्दा ठूलो राजनीतिक संकट

केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको विषय अन्ततः जेन-जी पुस्ताको आन्दोलन निम्तायो । जसले इतिहासकै भीषण र विध्वंसात्मक आन्दोलन भयो । जसका कारण अर्बौंको भौतिक क्षति भएको छ । फेसबुक, यूट्यूव इन्सटाग्राम लगायत २६ ओटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा वर्गमा ठूलो आक्रोश उत्पन्न भयो।

गत भाद्र २३ र २४ गतेको सो घटना २०२५ को सबैभन्दा निर्णायक राजनीतिक मोड मानिन्छ । नेतृत्वहीन युवा विरोध आन्दोलन नेपालको विभिन्न सहरहरुमा फैलियो, भ्रष्टाचार, तथा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलन व्यापक हिंसात्मक बनेर संसद, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भयो। कम्तीमा ७० भन्दा बढीको ज्यान गयो भने हजारौं घाइते भए।

प्रधानमन्त्रीको राजीनामा

जेन-जी आन्दोलनपछि केपी शर्मा ओलीले ९ सेप्टेम्बरमा राजीनामा गरे । जुन नेपालमा राजनीतिक इतिहासमा एक ठूलो मोड थियो । अधिकांश नेताहर" सैनिक नियन्त्रणमा रहे भने मुलुकमा सैनिक शासनको व्यापक चर्चा भयो । तथापि, राष्ट्रपति रामचन्द्र पौडेलको सुझवुझपूर्ण कदमले मुलुकले नयाँ अन्तरिम सरकार पायो । १२ सेप्टेम्बर २०२५ मा सुशीला कार्कीक नेतृत्वमा अन्तरिम सरकार गठन भयो। संघीय संसद विघठनत गरियो र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरियो ।

ठूला पार्टीबीच एकता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका १० पार्टीबीच कार्तिक १९ मा एकता घोषणा भयो । कांग्रेस दलभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा ठूलो विवाद रह्यो। एक समूहले चुनावभन्दा पहिले गर्न माग गर्यो भने शेरबहादुर देउवा पक्षले चुनावपछि गर्ने पक्षमामा अडिग रहँदा नेपालको ठूलो र पूरानो पार्टी कांग्रेस अन्योलताको भूमिरीमा फस्यो ।

जेन-जी समूह फेरि सडकमा

२४-२६ नोभेम्बरमा केही युवा समूहले फेरि विरोध प्रदर्शन गरे, जसमा तत्कालीन प्रधानमन्त्रीसँग भेट हुन नसक्दा उनीहरू असन्तुष्ट देखिए । गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरू सडकमा उत्रिए । केही युवाहरु अझै आन्दोलन र अनसनमा सक्रिय छन् ।

एमालेमा नयाँ नेतृत्व

१४-१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए । यता, २०२६ को चुनावका लागि एक सय १४ दल दर्ता भए । निर्वाचन आयोगले एक सय १४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो ।

डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए । कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता प्रमुख चर्चाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ