arrow

फेसबुक चलाएर न्यानो कपडा वितरण

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
fb_icon_325x325.png.png
रौतहट। चन्द्रपुर नगरपालिका–१ बस्ने रिक्साचालक केदारप्रसाद तिमल्सिनाले चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सामान्य रिक्साचालक रहेका उनी आफ्नो पेसासँगै सामाजिक सेवामा सक्रिय रहेका छन् । सामाजिक सञ्जाल फेसबुक चलाएर चिसोको समयमा न्यानो कपडा सहयोग गर्न अपिल गर्दै आएका उनले यो वर्ष पनि यहाँका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर, टोपी, पाइन्ट र सर्ट वितरण गरेका छन् । 
 
उनले हालै मात्र चन्द्रपुर नगरपालिका–८ स्थित श्री उच्चमावि जुडिवेलामा अध्ययनरत २७ जना टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । यसैगरी, उनकै पहलमा जिल्लाका तीनवटा सामुदायिक विद्यालयका लागि खाडी मुलुक बहराइनस्थित लालीगुराँस समाज सेवा तथा साउदी अरबस्थित ब्रदर्स अफ नेपालको सहयोगमा न्यानो कपडा प्राप्त भएको थियो । तराईमा शीतलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा निमोनिया हुने, टाउको दुख्नेजस्ता रोग देखिएकाले न्यानो कपडा वितरण गरेको उनले बताए । उनले परोपकारी हातलाई धन्यवाद दिँदै अन्य सङ्घसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको समेत बताए । 
 
उनका अनुसार लगातारको बन्दका कारण चितवन, काडमाडौँ लगायतका स्थानमा न्यानो कपडा रहेको भएपनि यातायातको साधन तथा खर्चको अभावमा ल्याउन सकिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ