arrow

उम्मेदवार र तालमेल मिलाउन कांग्रेसलाई सकस, कार्यसम्पादन समितिको बैठक केहीबेर स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
nc-party-office-11-03.jpg

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलको विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ। 

आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा उम्मेदवारहरूको नाम र सिट बाँडफाँटबारे सघन छलफल भए पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेकाले केही समयका लागि रोकिएको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक राति अबेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको टुङ्गो लगाइनेछ। 

प्रवक्ता महतले भने, "हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ, तर राति अबेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गरिनेछ।" 

कांग्रेसले यसपटक नेकपा एमालेलगायतका अन्य दलहरूसँग चुनावी तालमेल गरेर जाने रणनीति बनाएको छ, जसका लागि शीर्ष तहमा सिट बाँडफाँटको गृहकार्य भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ