arrow

विवाह समारोहमा ग्यास विष्फोट हुँदा नवविवाहित दम्पत्तिसहित आठको मृत्यु, ११ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
gas-bisfot-pakistan.jpg

काठमाडौँ। पाकिस्तानको राजधानी इस्लामावादमा एक विवाह समारोह भइरहेको घरमा भएको ग्यास विष्फोटमा परी नवविवाहित दम्पत्तिसहित मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार आइतबार भएको उक्त घटनामा अन्य ११ जना घाइते भएका छन् ।

इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनले स्थानीय समय अनुसार राति करिब २ बजे एक आवासीय भवनमा विवाह उत्सव चलिरहेका बेला विष्फोट भएको जानकारी दिए।

विष्फोटका कारण आसपासका संरचनाहरूमा समेत क्षति पुगेको छ । हालसम्म भग्नावशेषमा फसेका १९ जनाको उद्धार गरिएको छ ।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

उद्धार टोलीका अनुसार विष्फोटबाट वरपरका कम्तीमा चार ओटा घर प्रभावित भएका छन् ।

विष्फोटको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ