arrow

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिने बित्तिकै सबै ठीक हुन्छः नेता राणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
udaya-samser.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले पार्टी फुटेको नभई नेतृत्वमात्र परिवर्तन हुन लागेको बताएका छन् ।

नेता राणाले नीति र नेतृत्व परिवर्तन गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिएको भए पनि संस्थापन पक्षसँग नेतृत्वका विषयमा महाधिवेशन प्रतिनिधिहरूले लचकता देखाए पनि परिवर्तनको उनीहरूले खारेज गरिदिएको टिप्पणी गरे ।

उनले आउँदो निर्वाचनमा सबै वर्गको माग र मुद्दाहरू बोकेर जनतामाझ जानुपर्ने आवश्यकताको आधारमा विशेष महाधिवेशन आयोजना गरिएको बताए ।

उनले भने, ‘कांग्रेसले विशेष महाधिवेशन गरेको हो । विशेष महाधिवेशनमा नीति पास गर्ने र नेतृत्व चयन गर्ने दुईटा कुरा हुन्छ । नीति हामीले पास गर्यौँ । तर हामीले उहाँहरूका लागि के विकल्प राखेका थियौँ भने नेतृत्व परिवर्तन अहिले गर्ने होइन तर केही किसिमको समझदारी गरेर नयाँ नेतृत्वलाई पनि प्रोत्साहन गर्ने भनेर महामन्त्री विश्वप्रकाश शर्माले नै केही बुँदा पढेर सुनाउनुभयो त्यसमा पनि केही सम्बोधन होस् भन्ने थियो । उहाँहरूले पनि सबैलाई रिजेक्ट पनि गरेको होइन । त्यसैले संथापन पक्षलाई धेरै दोष पनि दिनुभएन । तर जति आवश्यक थियो त्यति उहाँले गर्नुभएन र महाधिवेशन चुनावको प्रक्रियामा गयो । कांग्रेस फुटेको छैन, नेतृत्व परिवर्तन भयो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिने बित्तिकै पार्टी फुट्ने त कुरै आएन ।’

उनले विशेष महाधिवेशनले चयन गर्ने नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिने बित्तिकै पार्टीमा देखिएका सबै समस्याहरू हल हुने जिकिर पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ