arrow

एमालेलाई चुनावको चिन्ता, भयरहित वातावरणमा सम्पन्न हुनेमा शंका [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
rajan-bhattrai-uml-sachib.jpg

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । 

शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा एमालेका सचिव डा. राजन भट्टराई सो भनाइ राखेका हुन् ।

उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्नसमेत गरे ।

उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेकोसमेत स्मरण गराए ।

उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो? यो आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि को मोनटरिङ सिष्टम प्रभावकारी नहुदा यो प्रभावकारी हुन सकेको छैन । निर्वाचन सहज बनेको छैन । र विशेष गरी पैसाको चललेख र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ? यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेद्वारी ढुक्कका साथ जनतामा जानज पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भईसकेको छैन हाम्रो मान्यता रहेको छ । त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ ?’

सचिव भट्टराईले निर्वाचनको प्रचारसम्बन्धी आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ