arrow

तनहुँमा चुनावी राप: कांग्रेस बाहेकका दलले गरे उम्मेदवार सार्वजनिक, स्वर्णिम वाग्ले पुनः मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
election-2082.jpg

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँमा चुनावी माहोल तातिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसबाहेक अन्य प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएर प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र नयाँ शक्तिका रूपमा उदाएको उज्यालो नेपाल पार्टीले आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेका छन्।

नेकपा (एमाले) ले तनहुँ क्षेत्र नं १ बाट भगवती न्यौपाने र क्षेत्र नं २ बाट केदार सिग्देललाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ। एमाले जिल्ला अध्यक्ष हरिराज कँडेलका अनुसार पार्टीले दुवै क्षेत्रमा अनुभवी नेताहरूलाई अघि सारेको हो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ क्षेत्र नं १ बाट पुनः डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। क्षेत्र नं २ का लागि भने रास्वपाले उम्मेदवारको नाम सार्वजनिक गर्न बाँकी राखेको छ। अर्कातर्फ, नेकपाले क्षेत्र नं १ मा विद्यानाथ ढकाल र क्षेत्र नं २ मा सोमबहादुर थापा (एसबी थापा) लाई उम्मेदवार चयन गरेको छ।

नयाँ दलका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। सो पार्टीका तर्फबाट क्षेत्र नं १ मा मन्जिल राना र क्षेत्र नं २ मा मनराज गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रमुख दलमध्ये नेपाली कांग्रेसले मात्र उम्मेदवारको आधिकारिक टुङ्गो लगाउन बाँकी रहेकाले जिल्लाका मतदाता र कार्यकर्ताहरू कांग्रेसको निर्णयको पर्खाइमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ