झापा-५ कुनै पनि हिसाबले निर्वाचनको इपिसेन्टर होइन : केपी शर्मा ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
1k
Shares
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ कुनै पनि हिसाबले निर्वाचनको इपिसेन्टर नरहेको बताएका छन् ।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको भन्दै उनले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रवन्ध गर्न अझै नसकेको जिकिर गरे ।
विभिन्न प्रकारका अपराधिक घटना अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ ।
अध्यक्ष ओलीका अनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ ।
नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने उनले बताए ।
उनले भने, ‘सुरक्षा प्रवन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ। जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’