arrow

ईश्वर पोखरेलले काठमाडौँ ५ बाट गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
iswor-pokharel-82-10-6.jpg

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

पोखरेलले मंगलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेद्वार बन्दै आएका छन् । 

२०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलसँग पराजित हभएका थिए । 

२०७४ मा भएको निर्वाचनमा भने जित हासिल गरेका थिए । यसपटक पनि काठमाडौ– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । 

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

शीर्ष नेताहरुको प्रतिस्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । 

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ