arrow

चुनावका लागि भारतले नेपाललाई दियो ६१ ओटा गाडी उपहार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
gadi-help-india.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ ओटा गाडी उपहार दिएको छ । 

मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ ओटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ ओटा गाडी उपलब्ध गराएको हो ।

यस पटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी पाँच सय ३८ ओटा गाडी उपलब्ध गराउने बताइएको छ ।

गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न पाउने छ ।

भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारीलगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।

सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई दुई हजार चार सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ