arrow

विरासत जोगाउने र भत्काउने दाउ: मोरङका सबै निर्वाचन क्षेत्रमा हेभिवेट नेताहरूको मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
election-2082.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार मोरङका ६ वटा क्षेत्रमा कुल ११८ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। 

क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ। 

मोरङ क्षेत्र नम्बर १ मा उर्लाबारीस्थित निर्वाचन कार्यालय पुगेर नेपाली कांग्रेसका खड्गबहादुर फागो, एमालेका घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीका कुलप्रसाद साम्वा र रास्वपाका यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दीलिप बगडिया, नेकपाका चन्द्रवीर राई र रास्वपाका कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन्।

यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा आज २१ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् जसमा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमालेका ईरान राई, नेकपाका देउमान सम्बाहाम्फे, कांग्रेसका सुनिलकुमार शर्मा र रास्वपाका गणेश कार्कीलगायतले प्रतिस्पर्धा गर्दैछन्। 

क्षेत्र नम्बर ४ मा पनि २१ जनाकै उम्मेदवारी परेको छ जहाँ नेकपाका अमनलाल मोदी, कांग्रेसका गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। 

क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी २२ जनाको उम्मेदवारी परेको छ जसमा कांग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेकपाका शिवकुमार मण्डल र रास्वपाकी आशा झाले मनोनयन दर्ता गराएका छन्। 

मोरङ क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ जहाँ कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय र रास्वपाकी रुबिना आचार्यबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएको छ भने माघ ९ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ