रौतहट । आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावमा रौतहट ४ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद देवप्रसाद तिमल्सिना, नेकपाबाट रामकुमार भट्टराई र एमालेबाट रामजी साह अनि पत्रकार ऋषि धमलाले उम्मेदवारी दर्ता गराएका छन् ।
पुरानो चुनावी प्रतिस्पर्धामा यो क्षेत्र देवप्रसाद तिमल्सिनाले जितेको क्षेत्र हो ।
यस्तो छ क्षेत्र नम्बर ४ को इतिहास
२०४८ सालमा एमालेका डा वंशीधर मिश्र विजयी भएका थिए ।
२०५१ सालमा कांग्रेसका उद्धव ढकाल विजयी भएका थिए ।
२०५६ सालमा कांग्रेसका प्रकाश कोइराला विजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीका देवेन्द्र पटेल विजयी भएका थिए ।
२०७० सालको दोस्रो संविधान सभाको चुनावमा एमालेका रामकुमार भट्टराई विजयी भएका थिए ।
२०७४ मा कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका थिए ।
२०७९ सालको चुनावमा देवप्रसाद तिमल्सिना नै विजयी भएका थिए ।
उनी ३४ हजार १६१ मत ल्याएर विजयी हुँदा तिमल्सिनाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव प्रसाद रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका थिए।
उनी लगातार तेस्रो पटक चुनाव जितेर 'ह्याट्रिक' गर्न चाहन्छन् । सक्लान् त ?