arrow

प्रतिनिधि सभा निर्वाचन

उनन्चास जनाले लिए उम्मेदवारी फिर्ता

आजै वितरण गरिँदै चुनाव चिन्ह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ। आयोगका अनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट कुल ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जनाले नाम फिर्ता लिएको जानकारी दिँदै यो सङ्ख्यामा अझै केही वृद्धि हुन सक्ने बताए। आयोगले निर्वाचन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण र उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ। 

प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली देशभरका ७७ वटा मुख्य निर्वाचन अधिकृत र ८८ वटा निर्वाचन अधिकृतका कार्यालयहरूले आजै प्रकाशन गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि आयोगले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ। यस प्रणालीतर्फ दाबी विरोधका लागि माघ १० गतेसम्मको समय दिइएको छ। गत पुस १३ र १४ गते राजनीतिक दलहरूले बुझाएको बन्दसूचीमाथि छानबिन र सच्याउने प्रक्रिया सकिएपछि माघ १० गते अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजै अपराह्न ४ बजेदेखि ७ बजेसम्म सबै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। 

राजनीतिक दलका आधिकारिक उम्मेदवारहरूले आफ्नो दलको चिन्ह प्राप्त गर्नेछन् भने स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले तोकेका स्वतन्त्र चिन्हहरूको समूहबाट चिन्ह वितरण गरिनेछ। यससँगै अब चुनावी प्रतिस्पर्धाको अन्तिम चित्र प्रष्ट भएको छ र उम्मेदवारहरू औपचारिक रूपमा प्रचारप्रसारमा लाग्न पाउनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ