arrow

सूचना प्रविधि सरकारको प्राथमिकतामा पार्न सफ्टवेयर समिटमा व्यवसायिले आवाज उठाए

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
photo.jpg.jpeg
काठमाण्डौ । कम्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले राजधानीमा गरेको सफ्टवेयर समिट २०१५ मा बोल्नु हुदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले प्रविधिको विषय सूचना तथा सञ्चार मन्त्रालयमा गाभिएकाले सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ  । तर कार्यक्रममा सूचना प्रविधि व्यवसायीहरुले सरकारले प्राथमिकतामा नपारेको, सूचना प्रविधिको महत्व नवुझेको, नितिगत अस्पष्टता र जटिलता रहेको लगायतका गुनासो गरेका थिए ।
 
 सचिव मल्लले सन् २०१५ नेपालको सूचना प्रविधिको क्षेत्रमा दुर्गामी प्रभाव पार्ने बर्ष बनेको बताउनु भएको छ । ब्रोडव्याण्ड निति र सूचना तथा प्रविधि निति सरकारले यही बर्षमा लागु गरेकाले दिर्घकालिन प्रभाव पार्ने काम सरकारले गरेको सचिव मल्ले स्पष्ट पार्नुभयो । उहाँले निजि क्षेत्रबाट सूचना प्रविधिको क्षेत्रमा प्रशंसनीय काम भएको भन्दै सरकारलाई सुझावहरु सहित घच्घच्याईरहन आग्रह गर्नु भयो ।
 
व्यवसायीहरुले कानुनी जटिलताका कारण कतिपय सूचना प्रविधि सम्बन्धि काम गर्ने कम्पनीहरुले गैरकानुनी रुपमा पनि काम गरिरहेको हुनसक्ने भन्दै उनीहरुलाई तत्काल नियन्त्रण गर्नु भन्दा विस्तारै उदारताका साथ दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए । कार्यक्रममा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल, महासचिव विश्वराम बलामी, हेमपाल श्रेष्ठ तथा सूचना प्रविधि व्यवसायीहरु सुरेश रेग्मी, ज्योती तण्डुकार, विश्वास ढकाल लगायतले व्यवसायीहरुलाई प्रोत्साहन हुने र क्षमता विकास गर्ने काममा सरकारले तत्काल ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपालीले तयार पारेको केही सफ्ट्वेरहरुको प्रदर्शन पनि गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ