arrow

इन्टरपोलको समन्वयमा दश जनालाई ल्याइयो विदेशबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
interpol.jpg

काठमाडौँ । स्वदेशमा अपराध गरी विदेशमा लुकेर बसेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ। चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको हो। 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले दिएको जानकारी अनुसार, अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरुद्ध रेड नोटिस र दुई जनाविरुद्ध डिफ्युजन जारी हुँदा २० जनालाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।

प्रवक्ता काफ्लेले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि अपराधीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव प्रतिबद्ध र क्रियाशील रहेको बताए। अन्तर्राष्ट्रिय स्तरमा फरार रहेका प्रतिवादीहरूको खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले यस्ता नोटिस जारी गर्दै आएको छ। 

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आसन्न निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न प्रहरीले विभिन्न सुरक्षा रणनीति अपनाएर काम गरिरहेको उनले उल्लेख गरे। अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय प्रविधि र अन्तर्राष्ट्रिय समन्वयलाई थप सक्रिय बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ