arrow

काम गरेको ५ महिनामै कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर’सम्मान

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
kulman-ghising-news.gif

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी भएको ५ महिनामै सम्मानित भएका छन् । घिसिङलाई नेपाल उद्योग परिसंघले ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर अफ दि एयर’को सम्मान दिएको हो । परिसंघले घिसिङलाई प्राधिकरणमा काम सम्हालेको छोटो समयमै पूर्वाधार विकासमा तुरुन्त नतिजा दिने र दीगो व्यवस्थापनको नीतिगत सुरुवात गरेको भन्दै सम्मान गरेको हो ।

काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङ पूर्वाधारमा वर्षकै सर्वोत्कृष्ठ योगदान गर्ने व्यक्तित्वका रुपमा सम्मानित भए । घिसिङले गएको असोजको पहिलो साता प्राधिकरण कार्यकारी जिम्मा पाएका थिए । मुकेश काफ्लेले राजीनामा दिएपछि सरकारले कुलमानलाई प्राधिकरण सम्हाल्ने जिम्मेवारी दिएको हो ।

कुलमान घिसिङ प्राधिकरण्मा आएपछि ट्रान्समिसनलाइनको निर्माणका भइरहेको ढिलाई अन्त्य गरिदिएका छन् । जसले वर्षौ पहिले विद्युत खरिदको सम्झौता भएपनि निर्माण हुन नसकेको ट्रान्समिसन लाइन र निर्माणाधिन जलविद्युत् आयोजनाहरु अघि तीब्र रुपमा अघि बढेका छन् ।

भारतबाट ल्याउनु पर्ने र खरिद गरिएको विद्युत्को व्यवस्थापन र नियन्त्रण समेत द्रुत र चुस्त भएको छ । पछिल्लो समय केही साना आयोजनाको निर्माण सम्पन्न भएको छ भने, भारतबाट ल्याइएको विजुली राजधानीसम्म पुगेको छ । घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन अहोरात्र कसरत गरेका छन् ।

पोहोर यही बेला दैनिक १२ घण्टे लोडसेडिङ खेपेको काठमाडौंमा २४ घण्टा विजुली बलिरहेको छ । यस्तै पोखरा, चितवनमा लोडसेडिङ हटाएर घिसिङले ऊर्जामा लगानी गर्ने र नयाँ वातावरण सिर्जन गर्नेए महत्वपूर्ण कदम उठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ