arrow

निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिवद्ध : मन्त्री श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
saraddha-shrestha-04-11.jpg

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आशन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो कुरा बताएकी हुन्। मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरू गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन्।

उनले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तीब्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् ।

मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन्। 

उनले भनिन्, ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरु सबै अग्रसर भएर अत्यन्तै तिब्र गतिमा काम गरिरहेका छन् । यसै तयारी स्वरुप हिजो आइतबारबाट निर्वाचन आयोगले पनि नागरिकलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रुपमा शुरूआत गरिसकेको छ । अघि पनि यहाँ कुरा आयो जेन-जी आन्दोलनपछिको यो विषय परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार बनेको छ । र यसको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । र यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौँ ।’

मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ