arrow

बुबा आमाको स्मृतिमा एक करोडको धर्मशाला निर्माण

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
Dang-hamrakura.jpg.jpeg
दाङ । यहाँका एक व्यक्तिले पाण्डवेश्वर मन्दिर, धारापानीमा धर्मशाला निर्माण गरेका छन् । दाङ घोराही निवासी धुव्रराज श्रेष्ठले आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरिदिएका हुन् । 
 
विश्वकै सबैभन्दा अग्लो त्रिशूल स्थापना भएको सो मन्दिरमा उनले रु एक करोडको लगानीमा भवन निर्माण गरिदिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष श्रीधर पौडेलले जानकारी दिए । 
 
उनका अनुसार भवनमा आठवटा कोठा रहेका छन् । कोठामा बस्नका लागि आवश्यक सामग्री समेत राखिएको छ । 
 
त्यसैगरी, धर्मशालामा भान्सा र शौचालय समेत निर्माण गरेको बताइएको छ । धर्मशाला निर्माणसँगै भक्तालुलाई खान बस्नको सहजता हुने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ