arrow

खड्ग फागोमा मतदाताको भरोसा

logo
विवेक मिश्र, 
प्रकाशित २०८२ फागुन १३ बुधबार
khadga-fago-morang.jpg

मोरङ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले चुनावी अभियानलाई तीव्रता दिँदै मतदाता संग भेटघाटलाई तीव्रता दिएका छन् ।

मतदाताका घर आँगनमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र अपेक्षा बुझेका हुन् ।

घरदैलो अभियानकै क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, स्वच्छ खानेपानी, रोजगारी तथा कृषि विकासका विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

उम्मेद्वार फागोले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले सो क्षेत्रको समग्र विकासका लागि नीतिगत पहल, स्रोतको उचित व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए।

भेटघाटका क्रममा स्थानीयवासीहरूले फागोलाई युवा, ऊर्जाशील र विकासप्रेमी नेताका रूपमा चित्रण गर्दै उनीप्रति आशा र विश्वास व्यक्त गरेका छन्।

क्षेत्रका समस्या नजिकबाट बुझेका नेतृत्वमार्फत सकारात्मक परिवर्तन सम्भव हुने उनीहरूको धारणा थियो।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

जनतासँग प्रत्यक्ष संवादमार्फत विश्वास अभिवृद्धि गर्दै चुनावी अभियानलाई थप प्रभावकारी बनाउने तयारी रहेको छ।

फागोको उम्मेद्वारीले उत्तरी मोरङका जनतामा ठुलो आशा पलाएको र उनको जित निश्चित रहेको मोरङ केराबारीका मतदाता यज्ञ पोख्रेल बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ