arrow

लागुऔषध ट्रामाडोलसहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
pakrau9.jpg

काठमाडौँ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा०३-००२प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ