इरानसँगको युद्धबीच इजरायली सेना लेबनानमा, ३० हजार मानिसले छाडे घर
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
2.6k
Shares
काठमाडौँ । इरानसँगको युद्धको बीचमा इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेना लेबनानमा प्रवेश गरेर ५९ क्षेत्र खाली गराएको छ । ३० हजार मानिसहरू घर छोडेर भागेका छन् ।
इरानसँगको जारी युद्धको बीचमा इजरायली सेना लेबनानमा प्रवेश गरेको हो । इजरायली सेनाले ५९ लेबनानी क्षेत्रहरू तुरुन्तै खाली गर्न पनि आदेश दिएसँगै ३० हजार मानिसले घर छाडेर भागेको संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरले बताएको छ ।
यसका साथै इजरायलले लेबनानी लडाकू समूह हिज्बुल्लाहलाई लक्षित गर्दै लगातार दोस्रो दिन धेरै स्थानमा बमबारी गरेको छ। सोमबारको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो र १५० भन्दा बढी घाइते भएका छन्।
हिज्बुल्लाहलाई इरान समर्थक मानिन्छ । इरानी सर्वोच्च नेता खामेनीको मृत्युपछि, यसले इजरायली शहर हाइफा नजिकैको सैन्य अड्डामा ड्रोन र मिसाइल प्रहार गरेको छ। एजेन्सी