कञ्चनपुर । कञ्चनपुरमा १०५ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । शुक्लाफाँटा नगरपालिका–१ स्थित कृष्ण आधारभूत विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।
उनी १०५ वर्षीया वृद्धा विष्णुमति जोशी हुन् । उनले मतदान गरेर आफैँ हिँडेर आफ्नो गन्तव्यमा गएकी छिन् । रासस